शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

एमालेको आज दुई बैठक : स्थायी कमिटी सकिएलगत्तै केन्द्रीय कमिटी बस्‍दै

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले केपी ओली समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक सकिएलगत्‍तै दिउँसो केन्द्रीय कमिटी पनि बस्‍दैछ । स्थायी कमिटी बैठक बिहान ११ बजे र केन्द्रीय कमिटी दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्‍ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा दशौँ महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा स्थायी कमिटी बैठकले तय गर्ने बताइएको छ ।