ला लिगामा बार्सिलोनाको ३२ वर्ष यताकै खराब सुरुवात

काठमाडौं : स्पेनिस ला लिगामा शनिबार काडिथसँग पराजित हुदाँ बार्सिलोनाले नयाँ कीर्तिमान कायम गरेको छ । यसै सिजन दोस्रो डिभिजनबाट बढुवा भएको काडिथसँग हारेसँगै बार्सिलोनाले लिगमा सन् १९८७–८८ यताकै सर्बाधिक खराब सुरुवातको कीर्तिमान राखेको हो ।
जारी सिजनमा रोनाल्ड कुमनको नेतृत्वमा रहेको बार्सिलोनाले १० खेलपछि १४ अंक मात्र बनाउन सकेको छ । बार्सिलोनाले यस्तै खराब सुरुवात ३२ वर्ष अगाडि गरेको थियो । त्यसबेला क्याट्लन क्लबले १० खेलबाट १३ अंक बटुलेको थियो ।
शनिबार क्याडिथको मैदानमा भएको खेलमा घरेलु टिमका लागि अल्भारो गिमिनेज र अल्भारो नेगे्रडोले एक–एक गोल गरे । त्यस्तै बार्सिलोनाले भने एक गोल उपहार पायो । क्याडिथका पेड्रो अल्कालाले ५७ औ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले सान्त्वना प्राप्त ग-यो ।
यस सिजन रियल म्याड्रिडलाई पनि पराजित गरेको क्याडिथ शनिबारको १८औ अंकसहित पाँचौं स्थानमा उक्लेको छ । यता बार्सिलोना भने हारपछि १० खेलबाट १४ अंकका साथ सातौ स्थानमा उक्लेको छ । लिगमा कुनै पनि खेल नहारेको एथलेटिको म्याड्रिड १० खेलबाट २६ अंक बटुल्दै शिर्षस्थानमा आसिन छ ।
पछिल्ला तीन खेलमा अपराजित रहेको बार्सिलोनाले क्याडिथविरुद्धको खेल हारेपछि प्रशिक्षक कुमन निराश देखिए । डच प्रशिक्षकले आफ्ना रक्षकहरुले स्वाभाविक खेल खेल्न नसकेको भन्दै रोष प्रकट गरे । ‘हाम्रो प्रदर्शनका बारेमा विशलेषण गर्न ग्राहो छ । खेलाडीहरुले खेलमा एकाग्रता कायम राख्न सकेनन् । विशेषगरी रक्षापंत्ति एकदमै फितलो देखियो,’ कुमनले भने ।
क्याडिथसँगको हारले उपाधि दौडमा बार्सिलोना कमजोर बनेको पनि कुमनले बताए । ‘एथलेटिकोले उत्कृष्ट खेलिहेका छ । यदि हामीले यसरी नै खेल्ने हा भने उपाधितर्फ आँखा लगाउनु नै बेकार हो,’ कुमनले आक्रोश पोखे । गोल डटकमबाट

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया