सकियो ‘टोकियो ओलम्पिक २०२०’

जापान- कोभिड-१९ को त्रासका बिच ‘टोकियो ओलम्पिक २०२०’ आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ । कोभिडको संक्रमणदर बढेपछि आपत्काल घोषणा गरेर दर्शकबिना ३२औँ संस्करणको समापन भएको हो । आयोजक जापानले नागरिकले ओलम्पिक सम्पन्न गर्न गरेको सहयोग र साथको लागि धन्यवाद दिएको छ ।
अब हुने ३३ औँ संस्करण भने ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुनेछ । टोकियो ओलम्पिकमा ३९ स्वर्ण, ४१ रजत र ३३ काँस्य गरी कुल ११३ पदकका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा रह्यो ।
चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काँस्य गरी ८८ पदक जित्दै दोस्रो बन्यो भने आयोजक जापान २७ स्वर्ण १४ रजत र १७ काँस्य गरी ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । नेपालबाट ४ खेलमा ५ खेलाडी सहभागी थिए । टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व सहभागीतामा मात्रै सिमित रह्यो । पौडीका तर्फबाट गौरिका सिंह एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरे ।
गत वर्ष नै हुनुपर्ने ‘टोकियो ओलम्पिक २०२०’ कोरोनीको त्रासका कारण १ वर्ष पछाडी सारिएको थियो । आगामी अगस्ट २५- सेप्टेम्बर ६ पारालिम्पिक खेल हुनेछन् । जापानले आयोजना गरेको यो दोस्रो ओलम्पिक हो । यसअघि सन् १९६४ मा एसियामा नै पहिलो पटक टोकियोले १९ औँ ओलम्पिक खेल जापानले आयोजना गरेको थियो ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया