मोरङमा १४औं पटक थपियो निषेधाज्ञा

विराटनगर - जिल्लाको उत्तरी क्षेत्रका स्थानीय पालिकाहरूमा कोभिड १९ को संक्रमण दर फैलिंदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले १४औं पटक निषेधाज्ञा थपेको छ ।
विराटनगर महानगरपालिकासहित भारतसँग सीमा जोडिएका पालिकाहरूमा संक्रमण न्युन हुँदै गएपनि पहाडी भुगोलका उत्तरी क्षेत्रका पालिकाहरूमा संक्रमण बढेका कारण सोमबारदेखि एक पुनः एक साताका लागि निषेधाज्ञा थपिएको हो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोभिड १९ दोस्रो लहर सुरु भएको भन्दै गत बैशाख १८ गतेदेखि लागू हुने गरी पहिलो निषेधाज्ञा आदेश जारी गरेका थिए । त्यसपछि हरेक साता थपिँदै आएको निषेधाज्ञाको अवधि १४ औं पटक सोमबारदेखि लागू हुने गरी थपिएको छ ।
संक्रमण बढेकै कारण हाल महेन्द्र राजमार्गसँग जोडिएका उर्लाबारी, बेलबारी, केराबारी र पथरी शनिश्चरे नगरपालिका लगायतका केही नगरपालिकाले नगरस्तरीय सीसीएमसीको बैठक बसेर आफैंले लकडाउन गरिरहेका छन् ।
जिल्लाभित्र संक्रमण दर समग्रमा केहि कम भएपनि कोभिडकै कारण अस्पताल भर्ना हुनेहरूको संख्या उल्लेख्य रहेको र मृत्यु दर पनि सुधार नभएको भन्दै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिएको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तरगतको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिको सचिवालयका अनुसार मोरङमा हालसम्म १४ हजार ४३९ महिला र १९ हजार ६९५ पुरुष गरी ३४ हजार १३४ जना संक्रमित भएका छन् । जसमध्ये १२० जना महिला र ३१७ जनाको पुरुषको मृत्यु भएको छ ।

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

प्रतिक्रिया