आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

प्रिमियर लिगमा चेल्सी सबैभन्दा बलियो : लिभरपुल प्रशिक्षक क्लप

काठमाडौं : लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले प्रिमियर लिग उपाधिको सबैभन्दा बलियो दाबेदार चेल्सी भएको बताएका छन् । चेल्सीसँग ठूलो टिम रहेको र खेलाडीहरूले बलियो लय देखाएकाले लन्डन क्लबको प्रिमियर लिग उपाधि जित्ने सम्भावना प्रबल रहेको जर्मन प्रशिक्षकको भनाइ थियो । 

चेल्सी प्रिमियर लिग अंक तालिकाको शिर्षस्थानमा उक्लिएसँगै क्लपले यस्तो धारणा राखेका हुन् । शनिबार लिड्सलाई हराएपछि चेल्सीले ११ खेलबाट २२ अंक बनाएको छ । एक खेल कम खेलेका टोटेनहम र लिभरपुल दोस्रो र तेस्रो स्थानमा छन् । 

‘यस सिजन टोटनहम पनि उत्तिकै बलियो छ । तर चेल्सीको अरु क्लबहरूको भन्दा ठूलो टिम छ अनि पसबै खेलाडीहरूले राम्रो खेलिरहेका पनि छन् । त्यसकारण, अहिलेका लागि चेल्सी लिगको बलियो टोली हो,’ गत सिजन लिभरपुललाई लिग जिताएका क्लपले भने । 

लिभरपुलको लिग उपाधि गर्ने लक्ष्यमा चेल्सीले बलियो अवरोध सिजर्ना गर्ने भएपनि आफ्नो टिम त्यसका लागि तयार रहेको क्लपको भनाइ थियो । ‘हामीलाई दबाब छ तर त्यसलाई पार लगाउन हामी सक्षम र तयार हुनुपर्छ । हामीले यही साता उल्भरह्याम्पटनसँग खेल्दैछौ । हामीलाई जित्नैपर्ने दबाब छ । यो सिजन हामीले लक्ष्य बनाएर त्यही गर्नसक्नुपर्छ भन्नेमा ध्यान दिनेभन्दा पनि आफूले चाहेको र सकेको खेल देखाउने प्रयास गर्ने हो,’ क्लपले भने । 

लिभरपुल प्रशिक्षकले यसै सिजन क्लब भित्र्एिका र्पोचुगिज फर्वाड डिएगो जोटाको पनि तारिफ गरे । १५ खेलमा नौ गोल गरेका जोटा लिभरपुलका अन्य फर्वाडहरु रोर्बटो फिर्मिन्हो, साडियो माने र मेहम्मद सलाहसँग राम्रोसँग घुलमिल भएको क्लोपको भनाइ थियो । 

‘जोटाले राम्रो गरिरहेका छन् । तर उनले आफ्नो लयलाई कायम राख्न मेहेनत गर्दै जानुपर्छ । किनभने लिभरपुलको प्रत्येक फर्वाडले पर्याप्त गोल गर्नुपर्छ । जोटाले जब मौका पाउँछन्, उनले गोल गरिरहेकै हुन्छन् । उनले त्यसलाई प्रत्येक साता कायम राख्नुपर्छ,’ क्लपको भनाई थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा