न्यूजील्यान्ड आमनिर्वाचन : प्रधानमन्त्री आर्डर्नलाई ऐतिहासिक जित

न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आमनिर्वाचनमा 'ऐतिहासिक' विजय हासिल गरेकी छन् । अधिकांश मतहरू गणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ ।
योसँगै उनले संसद्मा विरल बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । विपक्षी मध्य दक्षिणपन्थी न्याश्नल पार्टीले २७ प्रतिशत मत पाएको छ । उसले चुनावमा पराजय स्वीकारिसकेको छ ।
हुन त सेप्टेम्बर महिनामै आमनिर्वाचन हुने तय भएको थियो । तर देशमा दोहोर्याएर कोरोनाभाइरस महामारी फैलिएपछि एक महिना पर सारिएको थियो । निर्वाचन आयोगका अनुसार लेबर पार्टीले ४९ प्रतिशत, न्याश्नल पार्टीले २७ प्रतिशत, एक्ट न्यूजील्यान्ड र ग्रीन पार्टीजले ८ प्रतिशत मत पाएका छन् ।
'न्यूजील्यान्डले करिब ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ,'जितपछि समर्थकहरूलाई आर्डर्नले भनिन् । 'सधैँ यस्तै हुनेछ भन्ने हिसाबले हामी अगाडि बढ्नेछैनौँ । म प्रतिबद्धता जनाउन चाहन्छु कि हामी यस्तो पार्टीको रूपमा अघि बढ्नेछौँ जसले न्यूजील्यान्डका हरेक बासिन्दाका लागि शासन गर्नेछ ।'
न्याश्नल पार्टीकी नेत्री जुडिथ कोलिन्सले आर्डर्नलाई बधाई दिएकी छन् र आफ्नो दल 'जीवन्त प्रतिपक्षी' बन्ने प्रतिबद्धता जनाएकी छन् । आगामी निर्वाचनतर्फ इङ्गित गर्दै उनले भनिन्, 'तीन वर्ष त आँखा झिमिक्क पार्दा बितिजान्छ । हामी फेरि आउनेछौँ ।'
आर्डर्नको लेबर पार्टीले ६४ सिट ल्याउने अनुमान गरिएको छ जुन संसद्मा बहुमतका लागि पर्याप्त हुनेछ । सन् १९९६ मा न्यूजील्यान्डमा 'मिक्स्ड मेम्बर प्रोपोर्श्नल रिप्रेजेन्टेशन' (एमएमपी) प्रणाली लागु भएयता कुनै पनि दलले यसरी मत ल्याउन सकेको थिएन । बीबीसी
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_QS7zVqLtG4_zf6my1ucmsuktjkfbqtbxckd1cio1siqkyimm3vfaomlbrgire6isufk4o0m.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

इरानद्दारा इजरायलमाथी १०० बढी ड्रोन हमला

प्रतिक्रिया