सेती अस्पतालमा १६७ जनाको कोभिड परीक्षण: २५ जनामा संक्रमण

कैलाली - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६७ जनाको परीक्षणका क्रममा २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठकाअनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना भर्ना भएका छन् भने ३ जना डिस्चार्ज भएका छन् । ५० शैयाको अस्थाई कोभिड अस्पतालमा हाल २२ जना संक्रमितको उपचार भैरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
जसमा २ जना भेन्टिलेटरमा, ४ जना आसीयूमा र ६ जनाको अक्सिजनको सर्पोटरमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । उनकाअनुसार १२ जनाको अवस्था सामान्य छ । यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाँउपालिका २ का २८ वर्षीय पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

डोटीका ११.६८ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

घाँस काट्न गएका वीरेन्द्रको मृत्यु

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी

कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

प्रतिक्रिया