गठबन्धनका विद्यार्थीले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर भने : खोपको व्यवस्था गरेर परीक्षा गरौँ

काठमाडौँ – सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीलाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्न गरेका हुन् ।
उनीहरुले विद्यार्थीलाई खोपको व्यवस्था गरेपछि मात्रै परीक्षाको मिति तोक्न पनि आग्रह गरे । ‘कोभिडका कारणले विधार्थी वर्ग सबैभन्दा बढी असुरक्षित छन् र हामीले विधार्थीहरूलाई खोपको निम्ति यसअघि नै बारम्बार आग्रह गरिरहेकै छौँ,’ नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले भने, ‘सरकारले सुनिरहेको छैन र अन्तिम पटक भन्दै छौँ सम्पूर्ण परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोपको व्यवस्था गर ।’

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँध्योः वरिष्ठ नेता भुसाल

प्रतिक्रिया