सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको बैठक महाराजगञ्जमा जारी

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरूको बैठक महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइराला निवास महाराजगञ्जमा एक घण्टादेखि बैठक जारी छ । 

महामन्त्री डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन, क्रियाशील सदस्यताबारे छलफल भइरहेको छ । 

बैठकमा नेता पौडेल, महामन्त्री डा. कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसीसहित २४ केन्द्रीय सदस्य उपस्थित छन् । 

पौडेल समूहका नेताहरू महेश आचार्य र प्रदीप पौडेलबाहेक सबै केन्द्रीय सदस्य उपस्थित रहेको तिवारीले जानकारी दिए ।