एमालेको केन्द्रीय कमिटी २२५ सदस्यीय हुने, सचिव मात्रै ७ जना
काठमाडौँ - नेकपा एमालेको नयाँ विधानमा पार्टीको केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव पारित गरिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले अहिले भएको १५९ सदस्यीय संरचनालाइृ बढाएर २२५ सदस्यीय हुने प्रस्ताव गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘केन्द्रीय कमिटीको संरचना १५९ संरचना थियो । अब बढाएर केन्द्रीय कमिटी २२५ हुने प्रस्ताव गरिएको छ । अब पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष २ जना, महासचिव एक, उपमहासचिव २ जना, सचिव ७ जना रहने गरी प्रस्ताव गरिएको छ,’ उनले भने, ‘केन्द्रीय कमिटी र पोलिटब्यूरो मात्रै रहने प्रस्ताव पनि गरिएको छ ।’ यसमा एमालेले अहिले भएको स्थायी कमिटी हटाउने प्रस्ताव गरेको छ ।
बैठकले भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । यो प्रस्ताव स्थायी कमिटीले गरेर केन्द्रीय कमिटीले पारित गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया