शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

देउवा नेतृत्वको सरकारको खस्रापात देखा पर्न थालेका छन् : एमाले

काठमाडौँ - प्रमुख विपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले जनमुखी कार्यक्रमहरु नै खारेज गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अदालतको परमादेशबाट आएको यो सरकार यसको जन्मेदेखि नै खस्रापात देखा पर्न थालेका छन् । भत्काउने कुराबाट आफ्नो यात्रा सुरु गरेको छ ।’ 

उनले संविधानमै मौलिक हकको रुपमा व्यवस्था भएको बास, जमिनको व्यवस्थालाई अहिलेको सरकारले बेवास्ता गरेको बताए । ज्ञवालीले आज सर्वाेच्च अदालतले अल्पकालीन आदेशद्वारा मल्हम लगाएको बताए । आज मात्रै सर्वाेच्चले देउवा नेतृत्वको सरकारले खारेज गरेको भूमि आयोगको निर्णय कार्यान्वयन नगर्न भन्दै अल्पकालीन आदेश दिएको छ ।