सुर्खेतमा ११ फरार प्रतिवादी पक्राउ

सुर्खेत - कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आइतबार नौ र आज दुई गरी ११ फरार प्रतिवादीलाई सो टोलीले पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार सम्बन्ध विच्छेद, चेक अनादर र जुवा मुद्दाका एक/एक, घरेलु हिंसाका दुई, अंशबन्डा मुद्दाका चार गरी जम्मा नौजना फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ ।
त्यसैगरी, आज पक्राउ पर्नेमा कुटपिट मुद्दाका एक र जुवा मुद्दाका एक रहेका छन् । पक्राउ परेका सबै फरार प्रतिवादीलाई जिल्ला अदालत सुर्खेतमा बुझाइएको उनले जानकारी दिए ।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा बुझाइएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनीहरुबाट रु दुई लाख आठ हजार चार सय ५० जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । (रासस)

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया