मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

बुटवल- मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ । सोमबार राति नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पैदल हिँडिरहेका इन्स्पेक्टर वाग्लेलाई सोमबार बेलुकी ९ बजे लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई तत्कालै भैरहवा मेडिकल कलेज लगिएको थियो ।
उनको उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँको बसुन्धाराका बासिन्दा इन्स्पेक्टर वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।
उनलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका-१ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया