श्रीमती कुटेको मुद्दा खेपिरहेका अभिनेता जोनी डेपलाई स्पेनमा लाइफ टाइम अचिभमेन्ट

लसएन्जल्स : श्रीमती एम्बर हर्डसँग मुद्दा मामिला गरिरहेका हलिउड अभिनेता जोनी डेपलाई स्पेनको एक फेस्टिभलले लाइफटाइम एचिभमेन्ट प्रदान गर्ने भएको छ । उनलाई स्पेनको सान सेबस्टियन फिल्म फेस्टिभलले सम्मान गर्न लागेको हो ।
फेस्टिभलले वेबसाइटमा यो सूचना राख्दै जोनी डेप समकालीन अभिनेताहरूमा सबैभन्दा प्रतिभाशाली र बहुआयामिक भएको ठहर गर्दै लाइफ टाइम एचिभमेन्ट प्रदान गर्ने निर्णय गरेको हो । फेस्टिभलले यसअघि यो सम्मान पेनलोप क्रुज, जुडी डेन्च आदिलाई पनि प्रदान गरेको छ ।
जोनी डेपको योगदानको कुरा गर्दा फेस्टिभलले श्रीमती एम्बरसँग चलिरहेको विवादको विषयमा भने उल्लेख गरेको छैन । एम्बरले जोनीमाथि कुटपिट गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी छिन् । यसको छिनोफानो हुन बाँकी नै छ । तर, बेलायतको पत्रिकाले ‘स्वास्नी कुटुवा’ भनी लेखेको समाचारविरुद्ध जोनीले हालेको मुद्दा भने हारेका थिए ।
बुढाबुढीको विवादले फ्यान पनि दुईचिरा परेका छन् । उनीहरूले एक अर्कालाई फिल्ममा लिन नहुने अभियान निरन्तर चलाइरहेका छन् । एम्बरका फ्यानको दबाबले जोनीलाई ‘पाइरेट्स अफ दी क्यारेबियन’ सिरिजबाट हटाएका थिए भने जोनीका फ्यानले एम्बरलाई ‘अक्वामेन २’बाट हटाउन दबाब दिइरहेका छन् ।
फेस्टिभल आउँदो सेम्टेम्बर १७ देखि २५ सम्म हुनेछ ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया