हतियार र त्यसमा लाग्ने गोलीसहित वडाध्यक्ष पक्राउ

कैलाली – ईलाका प्रहरी कार्यालय मसुरियाले हतियार र त्यसमा लाग्ने गोलीसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सोमबार राति १२ बजेतिर गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा १७ च १३१२ को जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा १२ बोर थान १, त्यसमा लाग्ने कार्टिज थान–१ र पोईन्ट टु टु थान–१ र सोको गोली १० राउण्ड फेला पारेको बताए ।
जीपमा सवार धनगढी उपमहानगरपालिका २ का मोहित शाह र कैलारी गाउँपालिका ९ का खेमराज चौधरीलाई नियन्त्रणमा लिइएको प्रवक्ता विष्टले बताए । उनले पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको बताए । हतियारसहित पक्राउ परेका चौधरी कैलारी गाउँपालिका ९ का वडा अध्यक्ष हुन्।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया