भेटिएला त गैंडा ‘तस्कर’को जालो ?

बुटवल : विश्वमै दुर्लभ एक सिंगे गैंडाको नेपालमा चोरी शिकारी बढिरहेको बेला बुटवलमा तस्करहरू समातिएका छन् । उनीहरूको साथबाट विश्व बजारमा बहुमुल्य मानिएको गैडाको खास समेत बरामद भएको छ ।
कोरोना माहामारीपछि मात्रै पनि एकसिंगे गैडा पाइने चितवनमा आघा दर्जनभन्दा बढी गैडा मारिएका छन् । जसमा ५ वटाको खागसमेत चोरिएको छ । यसरी गैंडाको चोरी सिकारी बढिरहँदा नेपालमा मात्र होइन विश्वकै वन्यजन्तु संरक्षकहरू निकै चिन्तित छन् ।
चितवनको निकुञ्ज प्रशासनमा संसदीय टोलीले अनुगमन गरी चोरी निकासी बढिरहेको भन्दै शुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ । यसरी गैडाको खागसहित बुटवलमा तस्करहरूको समुह भेटिएपछि उनीहरूको संजालबारे प्रहरीले धेरै सूचना प्राप्त गर्ने अपेक्षा गरेकाे छ ।
बुटवलको सुख्खानगरमा रहेको एक होटलमा आएर दुई दिनदेखि बसिरहेका उनीहरूसंग गैडाको खागसमेत रहेको सूचना प्रहरीले हात पारेपछि बुटवल प्रहरीले होटलमा पुगेर स्टिङ अप्रेसन गरेको थियो । तर चलाख तस्करहरूले प्रहरीकै हतियार खोस्ने प्रयास गरेका थिए । घटनापछि प्रहरीले बताएअनुसार हतियार खोसाखोस भएपछि पड्किँदा एकजना अभियुक्त घाइते भएका छन् ।
उनको अवस्था गम्भीर रहेको छ । सुख्खानगरस्थित कलश होटलमा खागसहित तस्करहरू बसेको सूचनाका आधारमा शादा पोशाकका प्रहरी पुगेका थिए । प्रहरीको पेस्तोलको गोली लागेर तस्कर समूहका काठमाडौं बसन्तपुरका राकेश न्यौपाने घाइते छन् । उनको यूनिभर्सल मेडिकल कलेज भैरहवामा प्रहरी निगरानीमै उपचार भैइरहेको छ । फरार एकजनाको पनि खोजी भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रितमसिंह राठौरले बताए ।
प्रहरीले अन्य २ जनालाई पक्राउ गरेको छ । तस्कर समूहका १ जना फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमा भक्तबहादुर थापा र कर्णबहदुर रावत रहेका छन् । सुर्खेतका कर्णबहादुर रावत छन् भने भक्त बहादुर थापाको ठेगाना खुलेको छैन । चार जनाको समुहमा शनिबार आएर होटलमा बसेका थिए । उनीहरूले काठमाडौंबाट आएको बताएको होटलका कर्मचारीहरूले बताएका छन् । स्रोतकाअनुसार उनीहरू खागको किनबेचकै लागि बुटवलमा आएको हुनसक्ने आशंका गरिएको छ ।
धमाधम गैडा मर्ने तर तस्करहरू उम्किरहने कारणले हैरान बनेको प्रहरी प्रशासन बुटवलको घटनाले उत्साहित बनेको छ । यो घटनालाई समातेर अन्तराष्ट्रिय तस्कर संजालसम्म पुग्न सकिने कतिपय पशुअधिकारकर्मीहरूले तर्क गरेका छन् । निकै संवेदशिल घटनामा सफलता मिलेको भन्दै रुपन्देही प्रहरी पनि उत्साहित देखिएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोख्रेलले अन्तराष्ट्रिय चासोका रुपमा हेरिएको घटनामा प्रहरीलाई महत्वपूर्ण उपलव्धी हासिल गरेको दाबी गरे ।

घोराही कारागारमा बायोग्यास

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

प्रतिक्रिया