नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं : नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनुमति दिएको छ ।
मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च निकाय राखेपले एन्फालाई अनुमति दिइएपछि मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो । एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टोलीको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो । राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बङ्गलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।
आगामी नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग खेल्नेछ । राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायका अनुसार नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । बङ्गलादेश सरकारको अनुमतिपछि खेलको मिति तय हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ । रासस

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया