आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

नेकपा स्थायी समिति २८ मंसिरसम्म स्थगित

काठमाडौँ  : सत्तारुढ दल नेकपा स्याथी समिति बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भए । ओलीले बैठकमा आफू अनुपस्थित हुनुको कारणबारे पत्र पठाएको र त्यो पत्र सचिवालय सदस्य ईश्‍वर पोखरेलले वाचन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 


अर्को बैठक २८ मंसिरमा बस्‍नेछ । यसबीचमा ‌औपचारिक र अनौपचारिक छलफल जारी रहने प्रवक्ता श्रेष्ठले बताए । बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए । 

२५ मंसिरमा बोलाइएको केन्द्रीय समिति बैठक पुस ५ गतेसम्मका लागि सार्ने निर्णय पनि बैठकले गरेको छ । 

* मंसिर २८ गते हुनुपर्नेमा पुस २८ भएकोमा क्षमाप्राथी छौं- सम्पादक