'चैतसम्म खोप लगाउने भनेर फागुनको निर्वाचन नगर्न खोज्या हो'
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले सरकारलाई आगामी फागुनमा निर्वाचन नगर्न खोज्या हो भनेर प्रश्न सोधेका छन् । प्रतिनिधि सभा बैठकमा धारणा राख्दै ओलीले कोभिड-१९ विरुद्धको खोप चैतसम्म लगाउने भनेर फागुन निर्वाचन नगर्न त खोज्या होइन भनेर प्रश्न गरेका हुन् ।
सरकारले साझा कार्यक्रममा खोपलाई महत्वपूर्ण योजनाका रुपमा राख्न खोजेको भन्दै यो अहिलेको कुरा भएको बताए । आफू नेतृत्वको सरकारले नै खोपको व्यवस्था गरेको भन्दै सबैलाई लगाउन ढिला नगर्न आग्रह गरे ।
सबैलाई निःशुल्क खोप अघिल्लो सरकारले व्यवस्था गरेको भन्दै झुट कुरा गर्ने ? भनेर प्रश्न समेत गरे । 'खोप त ल्याइ दिएको छ । थुपारदिएको छ । चैतसम्म किन पर्खिने लगाउनस् न,' ओलीले भने ।
उनले कोभिड छ भनेर असंवैधानिक काम नगर्न चेतावनी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया