सिंगापुर पठाइदिने भन्दै ७८ जनाबाट साढे दुई करोड ठगी, एक प्रकाउ

काठमाडौँ – रोजागारीको लागि सिंगापुर पठाइदिने भन्दै ७८ जनाबाट २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय दिपबहादुर गुरुङ रहेका छन् ।
धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भइ काठमाडौंका बौद्ध बस्ने समृद्धि अब्रोड कन्सलटेन्सीका मार्केटिङ म्यानेजर समेत रहेका गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त कन्सलटेन्सी धादिङ थाक्रे–८ घर भएका हाल हाडीगाउँमा बस्ने ४२ वर्षीय निमा लामाको भएको पाइएको छ ।
प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै कन्सलटेन्सीले सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेसलगायतका लागि रकम उठाई सम्पर्कविहीन भएको प्रहरीमा जाहेरी परे बमोजिम ठगी कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरेको जनाएको छ ।
उनी उपर प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गर्ने भएको छ । त्यस्तै, ठगी कार्यमा संलग्न फरार कम्पनीका संचालकसहित ४ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया