लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हानविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध एमालेले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ । सोमबार (हिजो) लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो ।
रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने दाबी गरिएको छ ।
विपक्षी गठबन्धनका सांसदहरूको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार ( भोलि)का लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेपछि एमालेका सांसद गिरीले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । विपक्षी गठबन्धनका सांसदले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया