प्रतिपक्षी सांसदहरूलाई कपिलवस्तुबाट लुम्बिनीमा सारियो
रिटमाथी सुनुवाइ नभएपछि सत्तापक्ष अलमलमा

बुटवल ; सत्ता परिवर्तनको अन्तिम खेलमा रहेका लुम्बिनीका राजनीतिक दलहरु एकपछि अर्को रणनितिमा उत्रिएका छन् । सत्तापक्ष अदालतको शरणमा परेको छ भने विपक्षी गठबन्धनलाई बहुमत बचाउन हम्मेहम्मे परेको छ ।
त्यसका कारण उनीहरुले दिनैपिच्छे सांसदहरुलाई चराले गुड सारेजसरी सार्नु परेको छ । सत्ताको आडमा आफ्ना सांसदहरु किनबेच गर्ने, अपहरण र बन्धक बनाउने भएकोले पनि एकै स्थानका होटलमा राखिएको विपक्षी गठबन्धनका एक सांसदले बताए ।
सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखिएका विपक्षी गठबन्धनका ४१ सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको ’लुम्बिनी बुद्ध गार्डेन’मा सारिएको हो । बुधबार आह्वान गरिएको विशेष अधिवेशनका लागि तयारी एवं छलफल गर्न पायक पर्ने र प्रदेशसभा सदस्यहरु लुम्बिनी क्षेत्रमा भ्रमण गर्न पनि मिल्ने भएकाले सबै सदस्य लुम्बिनीमा राखिएको विपक्षी गठबन्धनका नेता तथा नेपाल कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । प्रदेशसभा सदस्यसहित गठबन्धनका सबै नेताहरुले मंगलबार दिनभर छलफल गरेका छन् ।
बुधबारको अधिवेशनमा सत्ता पक्ष सहभागी नभए पनि प्रक्रियाबाट सरकारको छिनोफानो गर्ने खानले बताए । विपक्षी गठबन्धनले बुधबार नै सबै टुंग्याउने तयारी गरेको छ । सत्ता पक्ष भने सर्वोच्चको आदेश नआएपछि अलमलमै परेको छ । प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएपनि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुन सकेन ।
सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले सर्वोच्चको आदेश कुरेको बताए । उनले फैसला नआएकोले थप रणनिति बनाउन बुधबार बिहान ८ बजे संसदीय दलको बैठक बस्ने बताए । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । सरकारलाई सत्ता बचाउन बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ ।
विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया