नेपाल वायुसेवा निगमले तत्काल यूएईको उडान नभर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाजले तत्कालै यूएई जाने यात्रु नबोक्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा यात्रुका लागि आरडीटी परीक्षणको व्यवस्था नगरिएकाले निगमले यात्रु नलैजाने सूचना जारी गरेको हो ।
विमानस्थलमा आरडीटी परीक्षण हुनासाथ उडान सेवा सुचारु गरिने निगमले बताएको छ । निगमले यूएईको लागि टिकट खरिद गरेका यात्रुलाई सम्बन्धित ट्राभल तथा निगमकै कार्यालयमा सम्पर्कमा गर्न अनुरोधसमेत गरेको छ ।
निगमले अर्को सूचना जारी नगरेसम्म उडान नभर्ने जनाएको छ । यूएईले आफ्ना मुलुकमा प्रवेश गर्ने नागरिकलाई विभिन्न शर्त राखेको छ । जसअन्तर्गत नेपालबाट यूएई प्रवेश गर्ने यात्रुहरूले शर्त अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।
उडान भर्नुभन्दा अघि यात्रुले ४ घण्टाभित्र अनिवार्य आरडीटी परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ । यात्रा गर्दा रिपोर्ट साथमा लिएर उडान भर्नुपर्नेछ ।

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

युरो एकको बिक्रीदर १६१ रूपैयाँ नाघ्दा अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार…

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

प्रतिक्रिया