लुम्बिनीका भौतिक पूर्वाधारमन्त्री पाण्डेयले दिए राजीनामा

बुटवल - लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका पाण्डेयले मंगलबार राति राजीनामा पत्र दिएका हुन् ।
‘प्रदेश सरकारले संविधान एवम् कानुनलाई सर्वाेपरी ठानी कुशलता पूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिले परिस्थिति भिन्न भई मेरो गम्भीर ध्यानाकर्षण भएको हुँदा सिद्धान्तको राजीनि गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा उक्त सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानी जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको २०७८ साउन २६ गतेको निर्णय अनुार लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने गरी निर्णय भएको हुँदा सोही बमोजिम आजको मितिदेखि नै लागू हुने गरी राजीनामा गरेको छु’ उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया