लुम्बिनीमा थप दुई मन्त्रीले पनि राजीनामा बुझाउँदै

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका थप दुई मन्त्रीले पनि राजीनामा बुझाउने भएका छन् । सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।
संसदिय दलको बैठकको निर्णय अनुसार सरकारबाट बाहिरिने निर्णय भएको कृषि मन्त्री यादवले बताए । उनले भने 'हामी तीन जना मन्त्री सरकारबाट बाहिरिने निर्णय भएको छ । दलको नेता तथा भौतिक मन्त्री सन्तोष पाण्डेले बुझाई सक्नु भएको छ, म र कल्पना पाण्डेयबाट पनि राजीनामा आउँछ । उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए । उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए । त्यसकारण उनीहरूलाई जसपाको संस्थापन पक्षले कारबाही गरेको छ । संसद्बाट पदमुक्त तीनै जनाको मुद्वा सर्वोच्चमा विचाराधिन छ ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया