धनगढीमा साउन २८ र २९ गते कोभिशिल्डको दोस्रो डोज लगाइने

कैलाली - धनगढीमा कोभिडविरुद्धको खोप (कोभिशिल्ड) को दोस्रो डोज साउन २८ र २९ गते लगाइने भएको छ। धनगढी उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने जानकारी दिएको हो।
उपमहानगरपालिकाले १६ वटा खोप केन्द्रमार्फत कोभिशिल्डको दोस्रो मात्रा लगाइने जानकारी दिएको हो। वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने उपमहानगरपालिकाका अधिकृत नारायण शर्माले जानकारी दिए।
शुरुमा भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप भारतले रोकेपछि सोही प्रकारको खोप सरकारले बेलायतबाट ल्याएको हो । एस्ट्राजेनिका नामको उक्त खोप भारतमा कोभिशिल्डको नामले उत्पादन हुँदै आएको छ ।
२०७७ फागुन २३ गतेदेखि २८ गतेसम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइनेछ,’ शर्माद्वारा जारी सूचनामा उल्लेख छ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया