दार्चुला घटनाः छानबिन टोली धनगढी फर्कियो

कैलाली – दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली दार्चुलाबाट बैतडी हुँदै आज धनगढी आइपुगेको छ । घटनाको छानबिन गर्न गठित समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गरिरहेको छ ।
दार्चुलाबाट सोमबार फर्किएको टोली मंगलबार बैतडी पुगेको थियो । सरकारले छानबिन समितिलाई सुरुमा १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएकोमा हिजो मात्रै थप सात दिनको म्याद दिएको छ । साउन १५ गते महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएका थिए ।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका थिए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया