भारतले जित्यो अस्ट्रेलियाविरुध्दको टि-ट्वान्टी श्रृङ्खला

काठमाडौं : हार्दिक पान्ड्याको अविजित ४२ रनको मद्दतले भारतले अस्ट्रेलियामा जारी टि-ट्वान्टी श्रृङखलाको दोस्रो खेलमा आइतबार घरेलु टिमलाई ६ विकेटले पराजित गरेको छ । पहिलो खेलमा अस्ट्रेलियामाथि ११ रनको जित दर्ता गरेको भ्रमणकारी टोली भारतले लगातार दोस्रो जित हासिल गरेसँगै श्रृङखलामाथि नै कब्जा जमाएको छ ।
सिड्नीमा सम्पन्न खेलमा भारतले टस जित्दै फिल्डङ गर्ने निर्णय गरेको थियो । ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाउदै एक सय ९४ रन बनायो । घरेलु टिमका लागि ओपनर म्याथ्यु वाडेले ३२ बलको सामना गर्दै ५८ रनको योगदान गरे । त्यस्तै स्टिभ स्मिथले ४६ रन बनाए । भारतका लागि टि नटराजनले दुई विकेट लिए भने शार्दुल ठाकुर र युजभेन्द्र चाहालले एक-एक विकेट लिए ।
एक सय ९५ रनको लक्ष्य पछ्याएको भारतका लागि शिखर धवनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले २४ बलको सामना गर्दै ४० रन बनाए । म्यान अफ दि म्याच चुनिएका पान्ड्याले भारतको जितमा दुई छक्का र तीन चौका प्रहार गरे ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया