मोहिनले मोबाइल उपहार दिएर भिसा झिकाए, तर कतारको जहाज छुट्यो. . .

काठमाडौँ- मोहम्दम मोहिनले १५ वर्ष अघि कतार जाँदा कतार दुःख मात्र साथमा लगेनन् । धनुषामा आफूले पाएको जस्तै दुखः नपाउन भनेर उनले जेठा छोरालाई पनि लिएर गएका थिए । उनले पसिना मात्र बगाएका थिएनन् त्यहाँ यौवन उमेर पनि सके ।
उनी एक दशक बढी कतारमा काम गरी फर्केर दुई वर्ष अघि स्वदेश फर्केका थिए । सदाको लागि मरुभूमि र तातो हावालाई छोडेर उनी जनकपुर आए । मरुभूमिको गर्मीले उनलाई छोडयो तर गरीबीले उनलाई छोडन सकेन । बुधबार बिहान दुई वर्ष पछि मोहिनले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक पाइला टेके । उनी १५ वर्ष अगाडि जस्तै रोजगारीमा जान आएका होइनन्, जेठो छोरालाई कतार पठाउन बिहानै ७ विमानस्थल पुगेका थिए ।
कतारले कोभिड-१९ को महामारी सुरु भएपछि सहजै प्रवेशको अनुमति दिएको छैन । प्रवेशाज्ञा (भिसा) बाहेक साथमा अनुमति पत्र चाहिन्छ । अझ अहिले त खोप अनिवार्य र खोप नलगाए १० होटल क्वारेन्टाइनमा बस्नुपर्छ । महामारीमा सबैभन्दा बढी प्रभावति वैदेशिक रोजगारबाट आश्रित परिवार बनेका छन् । विदेशबाट छुटिमा आएकाहरू समयमा फर्कन पाएका छैनन् । नयाँ भिसा लगाइसकेका कामदारहरू जान पाएनन् ।
मोहिनको जेठा छोरा मोहम्मद साजिद अन्सारी पनि समयम कतार फर्कन पाएनन् । तीन महिनाको छुट्टिमा आएका उनी महामारीले उडान अवरुद्ध हुँदा समयमा कतार जान पाएनन् ।
घरेलु कामदारका रूपमा जान लागेका उनका मालिकले आजका लागि टीकट पठाए पछि उनी विमानस्थल पुगे । भिसा र टीकट देखाएर विमानस्थलको प्रवेश पाए । तर, केही क्षण पछि हातमा कैलो झोला र टीकट जाँदा जुन बाटो गएका थिए पुनः त्यहीँ बाटो हुँदै बाहिरीए ।
कारण एउटै थियो कतार जानका लागि कोभिडविरुद्ध लगाएको खोपमा क्युआर कोड थिएन । स्वास्थ्य मन्त्रालयका कर्मचारीले विमानस्थल पुगेपछि क्युआर कोड नम्बर आउँछ भने पनि नआएकाले कतार एयरवेजको काउण्टरले प्रवेश गर्न नदिएको साजिद बताउँछन् । 'मालिकले भनेको समयमा टीकट पठायो, सरकारले खोप पनि लगाइदियो तर खोप कार्डमा क्यूआर कोड उपलब्ध गराएन,' उनले भने ।
साजिद २५ सय रियालमा दुवैतर्फको टीकट किनेर नेपाल आएका थिए । खोप लगाएको प्रमाणीकरण सहितको क्युआर कोड आएपछि मात्र उनी कतार जानेछन् । टीकटको समय मिलाउन उनले अब आठ हजार तिर्नेछन् । क्युआर कोड नआएसम्म उनी कतार जान पाउने छैनन् ।
१२ वर्ष अगाडि साजिद कसरी कतार पुगे । त्यहाँ के गर्छन र मासिक तलब कति पाउँछन्? यो सबै जान्ने उत्सुकताले विमानस्थल परिसरमा यो पङक्तिकारले उनलाई पछयाइरहयो ।
साजिदको पिता मोहिन कतारको अल्खोरमा एक दशक अघि एक लाख तिरेर कतारीको घरमा तरकारीबाली लगाउने काममा खटिए । उनले बारीमा तरकारीको मात्र हेरचाह गरेनन समय-समयमा घरवरिपरि भेडा र बाख्रा पनि चराउने काम गर्थे ।
तरकारीबाली र भेडाको हेरचाह गरेबापत उनले मासिक सात सय रुपैयाँ पाउने गरेको सुनाए । कतारको गर्मी छल्न समय-समयमा उनी जनकपुर आउने गर्थे । जनकपुरको गर्मी बढेसँगै उनको परिवारमा गरीबीको ग्राफ पनि उकालो लाग्दै गइरहेको थियो । उनी १५ वर्षमा चार पटक मात्र परिवारसँग भेटन आएका थिए ।
मोहिनलाई कतारको गर्मीले ठग्यो तर मरुभूमीको तातो हावाले पैसा र जीवन पनि दियो । कतार मजबुत हुँदै गए तर आफ्नै जन्मदिने पिताले ठगेकोमा उनी कमजोर बने । अभिभावकले अंशबण्डा गरी १० कठ्ठा जग्गा आफ्ना भागमा पारेको गुनासो उनको गुनासो छ । ' परिवारमा अन्य सदस्य जस्तै म पनि एक सदस्य थिए । आखिर मैले के कारणले बराबर अंश पाइन,' उनले भने ।
अंशमा परेको जग्गामा राम्रो उब्जनी नभएपछि मोहिनले जेठा छोरालाई कतार बोलाउने निर्णय गरे । उनी काम गर्ने घरमा विभिन्न कम्पनीका मानिसहरू सामान सप्लाइ गर्न आइरहन्थे । बाख्रालाई दाना ल्याइदिने मिश्री नागरिकलाई एकदिन उनले भने,' मेरो छोरालाई कतार झिकाउनु छ । भिसा निकालीदेउ । भिसाबापत लागेको रकम तिर्छु ।'
मोहिनको प्रस्तावलाई मिश्रीले एकै पटकमा सहजै नस्वीकारेको सुनाए । उनलाई घरमा काम गर्नेको भिसा निकाल्न १५ सय रियाल लाग्ने मिश्रीले जानकारी दिए । मोहिनलाई छोरालाई जसरी कतार झिकाउनु थियो । उनले पैसा तिर्न नसक्ने तर मोबाइल किनेर दिने सोच बनाए ।
मोहम्मदले अन्ततः छोरालाई झिकाउन सात सय रियालको सामसुङ मोबाइल दिएर फकाउन सफल भए । भिसा निकालेको २ महिनामा उनी जस्तै घरमा काम गर्न कतारीको घरमा पुगे । ८ सय बेसिक तलबमा उनले छोरालाई झिकाए । ' कतारमा अहिले साजिदले तरकारी हेरेबापत मासिक १५ तलब पाउँछन्,' उनले भने ।
१२ वर्ष कतार बसेको छोरालाई विमानस्थलमा अवरोध नभएको सरकारले समयमा क्युआर कोड उपलब्ध नगराउँदा उडन नपाएकोमा उनले सरकारप्रति आक्रोश पोखे ।
बुबाको कुरा सुन्दै छेउमा बसेक साजिदले भने,' समयमा नगएमा मालिकले तलब काटिदिन्छ । नेपालमा रोजगार पाउन सकिदैन । ' गरीबीले उनलाई तराईको गर्मी भन्दा कतारको गर्मी सहन बाध्य बनाएको छ ।
मोहिनले जेठा छोरालाई मात्र कतार पठाएनन् । नेपाल फर्केपछि उनले कान्छा छोरालाई पनि विदेश पठाएका थिए । एजेन्ट मार्फत एक लाख रुपैयाँ तिरेर विदेश पठाएका थिए । उनको कान्छा छोरा कोभिड महामारी सुरु हुनुभन्दा केही समय अघि मात्र स्वदेश फर्केको थियो । 'जेठा छोरा विदेश पठाए पनि सहाराको लागि कान्छालाई घरमा राखेको छु,' उनले भने ।

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

प्रतिक्रिया