खोप उद्योगलाई क्लिनिकल ट्रायल स्वीकृति दिने, मागको ६० प्रतिशत सरकारले खरिद गर्ने

काठमाडौँ - सरकारले नेपालमा खोप उद्योगलाई क्लिनिकल ट्रायल गर्न स्वीकृति दिने व्यवस्था गरेको छ । खोप (भ्याक्सिन) राष्ट्रिय मागको बढीमा ६० प्रतिशतसम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सार्वजनिक निकायले खरिद गर्न सक्नेछ । खरिद गरिने खोपको तृतीय चरणको क्लिनिकल ट्रायल पूरा भएको हुनुपर्नेछ ।
सरकारले जारी गरेको खोपको क्लिनिकल ट्रायल सम्बन्धी व्यवस्था बमोजिम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आवश्यक प्रक्रिया पूरा गरी कोभिङ-१९ विरुद्धको खोपको तृतीय चरणको क्लिनिकल ट्रायल पूरा गर्न अनुमति दिने उल्लेख छ । भ्याक्सिन स्तरीकरण र गुणस्तर प्रमाणीकरणको कार्यमा औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सहजीकरण गर्नेछ ।
विशेष सहुलियत छुट तथा सुविधा प्राप्त गर्ने खोप (भ्याक्सिन)उद्योगले प्रतिस्पर्धी उपभोक्ता मूल्य निर्धारण गर्नेछ । मूल्य निर्धारणका आधार खुलाई औषधि व्यवस्था विभागको सिफारिस समितिमा पेश गर्नेछ । समितिबाट समर्थन भएको मूल्य सार्वजनिकीकरण गरी लागू गर्ने व्यवस्था छ ।
नेपालमा सह उत्पादन भएका खोपको हकमा प्राथमिकरुपमा खोप उत्पादन भएको देशको नियामक निकायबाट स्वीकृति प्राप्त भएको हुनुपर्ने साथै उक्त देशमा प्रयोगमा आएको हुनुपर्नेछ । खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा बढी भएको हुनुपर्ने उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा प्रयोगको लागि सूचीकृत भएको हुनुपर्ने समेत शर्त छ । खोपको उपभोक्ता मूल्य समर्थन, वित्तीय सहुलियत, छुट तथा सुविधा प्राप्ति, सुविधाको उपयोग र खोपको उत्पादन सम्बन्धमा सहजीकरण, समन्वय, अनुगमन तथा पुनरावलोकन गर्न देहाय बमोजिमको एक समिति गठन गर्नेछ । जसको संयोजकमा उद्योग सचिव रहने व्यवस्था छ ।

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया