जाँदाजाँदै पोख्रेलले गरे मेसु सरुवादेखि खेलकुद परिषद् सदस्य मनोनयनसम्म

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पोखरेलले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठकबाट विभिन्न ६ निर्णय गरेका छन् । मन्त्रिपरिषद् बैठकपछि प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले कोभिड-१९ महामारीमा खटेका स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा रहेर काम गरेका कर्मचारीहरूलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
सरकारले आइसोलेसन अस्पतालहरूको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिहरूको म्यादसमेत थप गर्ने निर्णय गरेको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनाललाई स्थानन्तरण गरी अस्पतालका रेडियोलोजिस्ट इन्द्र ढकाललाई प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद बैठकले प्रदेश विपद व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका २०७८ लाई स्कीकृत गरेको छ । बैठकले प्रदेश खेलकुद परिषद्को सदस्यको मनोनयन गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७८र७९ मा उद्योगहरूको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय गरेको छ ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया