बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप, काठमाडौँमा यी ठाउँमा पाइन्छ खोप

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी हुन लागेका ४० हजार भन्दा धेरै विद्यार्थीका लागि खोप उपलब्ध गराउने भएको छ । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै प्रदेशबाट प्रवेशपत्र देखाएर परीक्षार्थीलाई खोप लगाउने प्रबन्ध गरेको बताए । सबैभन्दा धेरै विद्यार्थीको चाप रहेको काठमाडौँ उपत्यकामा भने चार ठाउँबाट परीक्षार्थीलाई खोप उपलब्ध गराइन लागेको छ । 

उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालका साथै राधास्वामी आइसोलेसन केन्द्र बसुन्धाराबाट खोप दिने तय भएको छ । खोप लगाउनका लागि परीक्षार्थी २० वर्षभन्दा माथिको हुनुपर्नेछ ।