वीरगञ्जमा भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने निर्णय

काठमाडौँ - वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउने निर्णय गरेको छ । बुधबार आज सरोकारवालासँगको छलफलपछि ३१ साउनदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगरले जनाएको छ।
भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने निर्णय गरिएको महानगरका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए।
उक्त निर्णयबमोजिम महानगरले आफ्नो क्षेत्रका सबै विद्यालयलाई पत्राचार गरेको छ । भौतिक रूपमा विद्यार्थी उपस्थित गराई कक्षा सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ बमोजिम स्वास्थ्य मापदण्ड अपनाइने उनले बताए ।
काेभिड संक्रमणको दोस्रो लहर बढ्दै गएपछि वीरगञ्जलगायत पर्सा जिल्लामै सामुदायिक तथा निजी विद्यालय भौतिक रूपमा बन्द छन् ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया