शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

भरतपुरका सामुदायिक विद्यालयलाई स्कूल बस हस्तान्तरण

काठमाडौँ – भरतपुर महानगरपालिकाले पाँचवटा सामुदायिक विद्यालयलाई स्कूल बस हस्तान्तरण गरेको छ । महानगर क्षेत्रका नारायणी नमुना, कविलास, भीमनगर, प्रभात, र लक्ष्मी माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको मेयर रेणु दाहालले जानकारी दिइन् ।

घर र विद्यालयको दूरी धेरै हुँदा विद्यालय पढ्न आउने विद्यार्थीलाई विद्यालय आवत जावतमा सहजताका लागि बस हस्तान्तरण गरिएको मेयर दाहालले बताइन् । 

‘सामुदायिक विद्यालयहरुलाई सुविधासम्पन्न बनाई शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीलाई विद्यालयसम्म सहज पहुँचका लागि हाम्रो कामले महत्वपूर्ण भुमिका प्रदान गर्नेछ,’ उनको भनाइ छ ।