कार्यक्रममा १ मिनेट ढिला पुगेपछि जापानी प्रधानमन्त्री सुगाले मागे माफी

जापान- जापानका प्रधानमन्त्री योशिहिदे सुगाले नागासाकी शान्ती समारोह कार्यक्रममा १ मिनेट ढिला पुगेकोमा माफी मागेका छन् । नागासाकी शहरमा अमेरिकाले बम खसालेकाहरूको सम्झनामा आयोजना गरिएको थियो । मृत्यु भएका र हराइरहेकाहरूको सम्झनामा गरिने ‘नागासाकी शान्ती स्मरण’समारोह नाम दिइएको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनी एक मिनेट ढिला पुगेपछि माफी मागेका हुन् ।
मंगलबार प्रधानमन्त्री कार्यालयमा पत्रकारमार्फत माफी मागेका हुन् । ढिला हुनुको कारण भने कार्यालयका कर्मचारीको समय व्यवस्थापनको त्रुटि भएको बताएका छन् । नागासाकीको कार्यक्रम सोमबार १०:४५ मा सुरु हुने तय भएपनि प्रधानमन्त्री सुगा १०:४६ मा आशन ग्रहण गर्न पुगेको जापानी सञ्चार माध्यमले जनाएका छन् । नागासाकी शहरका मेयर र स्थानीय प्रतिनिधि कार्यक्रम सुरु हुनुअघि प्रधानमन्त्रीको स्वागतमा बाहिर बसेपनि सुगा नआएपछि हतारहतारमा समारोहस्थलमा फर्केको समाचारमा उल्लेख छ । जापानमा हरेक काम तोकिएको समयमा सुरु गर्न, पुग्न नसकेको खण्डमा सानोदेखि ठुलो पदका मान्छेले पनि ढिला हुनुको कारणसहित माफी माग्ने चलन छ ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया