लुम्बिनीमा आज नयाँ सरकार गठन हुँदै, माओवादीका केसी मुख्यमन्त्री बन्दै
सानो आकारको मन्त्रिमण्डल पनि आजै बन्ने

बुटवल - शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।
बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । विपक्षी गठवन्धनका दलहरू सरकार गठनको कसरतमा जुटेका छन् ।
विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । सरकार गठनको दाबी गर्न आज प्रदेश प्रमुखसमक्ष जाने माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए । उनकाअनुसार उपधारा २ अनुशार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी गरिनेछ ।
दिउँसो ३ बजेपछि केसी मुख्यमन्त्री हुने बरालले बताए । मुख्यमन्त्रीसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गठबन्धनको तयारी छ । प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया