आज राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ - आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे राष्ट्रिय सभा र १ बजे प्रतिनिधि सभा बैठक बस्नेछ । राष्ट्रिय सभामा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्य सूची छ ।
त्यस्तै आज राष्ट्रिय सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव पनि आजको राष्ट्रिय सभामा प्रस्तुत हुनेछ ।
त्यस्तै आजै बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६' सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्य सूची छ ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया