शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

युवा संघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादीमा फर्किए

काठमाडौँ- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्रीय सदस्य माओवादीमा प्रवेश गरेका हुन् ।

बुधबार उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दै नेकपा एमाले परित्याग गरेको बताए । उपाध्यक्ष साउदलाई अध्यक्ष दाहालले खादा लगाएर स्वागत गरेका गरेका थिए । साउदले २६ जना केन्द्रीय सदस्य फर्केको जानकारी अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।

उपाध्यक्ष योगेश २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेकव युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।

एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।