संस्थापन समूहका सभापतिको निष्कर्ष : पौडेल समूहले देउवालाई मात्रै दोषी ठाने

काठमाडौँ - पार्टीको १४ औँ महाधिवेशन भदौमा गर्न नसकिने निष्कर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटका जिल्ला सभापतिहरुले निकालेका छन् । आज (बिहीबार) ललितपुरस्थित समीट होटलमा बसेको भेलाले यस्तो निष्कर्ष निकालेको ओखलढुंगाका कांग्रेस सभापति प्रदीपकुमार सुनुवारल जानकारी दिए ।
उनले भेलालले विभिन्न ६ बुँदे सुझाव तयार पारेको उनको भनाइ छ । सुनुवारका अनुसार कोभिड १९ को संक्रमणको अवधिलाई शून्य अवधि मानेर महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने विषयमा पनि छलफल भएको छ ।
करिब २५ जिल्लाका जिल्ला सभापति भेला भएको दाबी गरिएको छलफलले महाधिवेशन सम्पन्न नहुनुमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक दोष थुपारेर पन्छिएको निष्कर्ष पनि निकालेको छ । उनले भेलाको निष्कर्ष ड्राफ्ट हुँदैछ । उक्त सुझावसहितको पत्र आज नै सभापति शेरबहादुर देउवालाई बुझाइने सुनुवारले बताए ।
यसअघि मंगलबार र बुधबार दुई दिन कांग्रेसको संस्थापन इतर समूहका जिल्ला सभापतिहरुको पनि भेला भएको थियो । काठमाडौँको ठमेलस्थित होटल यात्रीमा भएको छलफलले भदौ १६ मा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उक्त भेलामा ४७ जिल्लाका जिल्ला सभापति भेला भएको दाबी गरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया