ओली सरकारले हनुमान देख्यो, यो सरकारले कुलमान मात्रै देख्यो
काठमाडौँ - प्रतिनिधि सभाका सदस्य गजेन्द्रबहादुर महतले यसअघिको सरकारले ‘हनुमान’ र अहिलेको सरकारले कुलमानमात्रै देखेको भनेर टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘सांसद भएपछि मैले देखेको दुई सरकार । पुरानो सरकारले हनुमान मात्रै देख्यो नयाँ सरकारले कुलमानमात्रै देख्यो । एउटाले हनुमानबाहेक नदेख्ने, अर्काेले कुलमान नदेख्ने,’ उनले भने, ‘यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोज्या होइन । कुलमानबाहेक अरु छैन ? हनुमानले त हाम्रो कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान धुजाधुजा पारिहाले । कुलमान बुढो भएपछि के गर्छ यो सरकार ? विद्युत प्राधिकरणमात्रै छ, नेपाल एयरलाइन्स छैन ?’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया