‘प्यारालल मदर्स’को पोस्टर हटाएकोमा इन्स्टाले माग्यो माफी

लसएन्जल्स : स्तनपान सप्ताहको अवसर पारेर सोमबार पेड्रो अल्मादोभारले आफ्नो फिल्म ‘प्यारालल मदर्स’को पोस्टर सार्वजनिक गरेका थिए । तर इन्स्टामा आएको केही समयपछि नै इन्स्टाले यो पोस्टर हटाइदियो । कम्युनिटी गाइडलाइनअनुसार पोस्टरले नग्नता प्रदर्शन गरेको भन्दै इन्स्टाले यस्तो कदम चालेको थियो ।
यसरी इन्स्टाले हटाएको पोस्टरमा दूधको मुन्टाबाट दूध चुहिरहेको देखाइएको थियो । भेनिस फिल्म फेस्टिभलमा ओपनिङ फिल्मको रुपमा वल्र्ड प्रिमियर हुन लागेको यो फिल्म तीन जना आमाको कथामा केन्द्रित छ । पोस्टर हटाएकोमा सवत्र्र आलोचना भएपछि इन्स्टाले माफी माग्दै यसलाई पुनस्र्थापित गरेको छ ।
‘ नग्न भनिने सामाग्री कलाको सन्दर्भमा आएका छन् हामीले अपवादको रुपमा लिएर यस्ता कुरालाई यथावत राख्न दिने गरेका छौँ । यो पोस्टरलाई पनि हामीले यही कारण पुनः प्रकाशन गरेका छौँ । हामी निर्देशक पेड्रो अल्मादोभारसँग माफी माग्न चाहान्छौँ,’ इन्स्टाले भनेको छ ।
सेलिब्रेटीले भने बेलाबखत इन्स्टामा ‘फ्रि दि निप्पल मुभमेन्ट’ चलाउँदै आएका छन् । यो मुभमेन्टमा रिहाना, मिली साइरस, क्रिसी तेइगन आदिले दूधको मुन्टो देखाएका फोटो पोस्ट गरेका थिए जुन इन्स्टाले हटाएको थियो । ‘प्यारालल मदर्स’मा पेनलप क्रुज, रोजी डी पामा र आइताना सान्चेज गिजोनले तीन आमाको भूमिका निर्वाह गरेका छन् । यो फिल्म सेप्टेम्बर १ देखि सुरु हुने भेनिसमा वल्र्ड प्रिमियर हुँदैछ ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया