स्वास्थ्य राज्यमन्त्रीलाई गगन थापाको प्रश्न : तेस्रो लहर भनिँदै छ, दोस्रो लहर कहिले सकियो ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दोस्रो लहर कहिले सकियो र तेस्रो लहर भनेर स्वास्थ्य मन्त्रालयले प्रचार गरेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राखेको धारणामाथि प्रश्न सोध्न क्रममा थापाले स्वास्थ्यमन्त्रालयले कुन अध्ययनको आधारमा यस्तो भन्दैछ भनेर सोधेका हुन् ।
‘खोपको लागि सरकारले गरेको काम प्रशंसनीय छ । व्यवस्थापन किन यति कमजोर ? तेस्रो लहर भनिँदैछ । दोस्रो लहर कहिले सकियो ? स्वास्थ्य मन्त्रालय कुन अध्ययनको आधारमा भन्दै छ ? प्रमाणीक अध्ययन के हो ?’ उनले प्रश्न गर्दै भने, ‘तेस्रो लहरमा बालबालिकालाई खतरा भनेर स्वास्थ्य मन्त्रालय भन्छ । विद्यार्थीहरु बिना खोप हलमा बसेर परीक्षा दिन बाध्य छन् । पोजेटिभ भएरै हलमा बसेर परीक्षा दिनुपर्ने अवस्था छ ।’
उनले साँझ ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारी साधन चल्न दिने भनेर गरिएको निर्णयमा पनि प्रश्न गरे । ‘साँझ ८ बजेपछि काठमार्डाँ लगायतको ठाउँमा संक्रमण बढ्दै जाने बिहान घट्दै जाने यसको अध्ययन कहाँ भएको हो ?’ उनले प्रश्न गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया