फुच्चे डान्सर छान्दै केकी र रीमा

काठमाडौं: ‘कमेडी च्याम्पियन’ निर्माण गरेको ‘थ्रि प्रोडक्सन’ले बालबालिका लक्षित नृत्य प्रतियोगिता लिएर आउने घोषणा गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण टिमले ‘डान्स मास्टर लिल चाम्स’शीर्षकमा प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ । ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी सोमा विजेता हुने बालबालिकाले २५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।
आयोजकका अनुसार प्रतियोगितामा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन सक्नेछन् ।यो नृत्य प्रतियोगितालाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । सोलाई केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह मिलेर निर्माण गर्नेछन् । ‘प्रतियोगिताको निर्णायकको जिम्मेवारी ‘डान्स इन्डिया डान्स–लिल चाम्स’की विजेता तेरिया मगर, ‘डान्स प्लस सिजन२’ का प्रतियोगी सुशान्त खत्री र ‘बुगी विगी’, ‘नेपाल आइडल’, ‘द भ्वाइस अफ नेपाल’ जस्ता रियालिटी सोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जनले वहन गर्नेछन् ।
सोको सुपर जज भने अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । कार्यक्रममा होस्टको भूमिका रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइरालाले निर्वाह गर्ने निर्माण टिमले जनाएको छ । निर्देशक भण्डारीले राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई नेपालमै अवसर दिने सोचले यस सो सुरु गर्न लागिएको बताए । उनले भने ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्लेटफर्मको लागि अर्काको देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्लेटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ ।’
निर्माता केकी अधिकारी पहिलो रियालिटी सोबाट पाएको सफलता र हौसलाले नै दोस्रो रियालिटी सो सुरु गर्ने हिम्मत जुटेको बताउँछिन् । ‘ कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौँ, यस सोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौँ ’उनले भनिन् । ‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएको दुई महिनापछि सुरु हुनेछ ।
सोको पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए । रियालिटी सोमा दोस्रो प्रतियोगीले १५ लाख र तेस्रो हुनेले १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्माताका अनुसार विजेताले आफूले पाउने पुरस्कारको आधा रकम करियोग्राफरलाई बाँड्नु पर्नेछ ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_1lNKuV6T9I_hy1fvpzbsymtohtsby3fxg7zeqx8lt5uo5inywfpy8glqfnbitt4zukuhrdr.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया