लुम्बिनीमा ६ सदस्यीय मन्त्रिपरिषद्, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?

बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् । केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ४२ सांसदले हस्ताक्षर बुझाएका थिए । नवनियुक्त मुख्यमन्त्री केसीले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
नयाँ सरकारमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीसहित २, कांग्रेस १ र जनता समाजवादी पार्टी (जसपा)बाट तीन मन्त्री बन्ने भएका हुन् । माओवादीका कृष्णध्वज खड्का विनाविभागीय मन्त्री बन्दैछन् । त्यस्तै कांग्रेसका डिल्ली चौधरी ग्रामिण तथा शहर विकास मन्त्री बन्दैछन् ।
जसपाका सुमन शर्मा रायमाझी र पूर्णमती ढेंगा विनाविभागीय मन्त्री बन्दैछन् । जसपाका सहसराम यादव भौतिक पुर्वाधार मन्त्री बन्दैछन् ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया