कांग्रेसमा निर्वाचन निर्देशिकापछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका

काठमाडौँ - नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिका छलफल भएपछिमात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेस हुन नसकेको हो ।
महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ । बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेस गरेका छन् ।
त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेस गरेका छन् । क्रियाशिल छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेस गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले केन्द्रीय सदस्यहरूको सुझावपछि महाधिवेशनको कार्यतालिका आउने बताए ।
यसअघि तय भएको भदौ १६-१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया