कांग्रेस केन्द्रीय समिति भोलि बिहान ११ बजेसम्म स्थगित

काठमाडौँ - पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका निर्वाचन नियमावलीबारे छलफल गर्न बोलाइएको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलिसम्म स्थगित भएको छ । भोलि बिहाद ११ बजे पुनः प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।
आजको बैठकमा बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेको कन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
आजको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, रमेश लेखक, कर्णबहादुर बुढा र योगेन्द्र चौधरीले धारणा राखेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया