यस्ता छन् श्वेताका दुलाहा

काठमाडौं: अभिनेत्री श्वेता खड्काले आज धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्दैछिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको असामयिक निधनपछि ६ वर्षदेखि एक्लै रहेकी श्वेताले आइतबार मात्र आफूले दुःखको अध्याय बन्द गरेर सुखको अध्याय सुरु गर्न लागेको बताएकी थिइन् ।
उनले दोस्रो अध्यायका लागि छानेको केटा कस्ता होलान् धेरैलाई जिज्ञासा थियो । विवाहको दिन बिहानैदेखि सामाजिक सञ्जालमा श्वेता र विजयेन्द्रका प्रिवेडिङ फोटो सार्वजनिक भएका छन् । धनगढी मूल घर भएका विजयेन्द्र व्यापारी हुन् । धनगढीमा उनको परिवारको रेष्टुरेन्ट र फनपार्क रहेको बुझिएको छ ।
गोकर्ण फरेस्ट रिसोर्टमा आज भइरहेको वैवाहिक समारोहमा श्वेताले परिवारको परिवार मात्र उपस्थित रहने चर्चा छ । उनले विवाहपछि आउने प्रतिक्रियालाई मध्येनजर गरेर मात्र रिसेप्सन दिने कि नदिने निर्णय गर्न लागेको उनी निकट स्रोतले बताएको छ ।
‘कहाँ भेटिएला’ फिल्मबाट नेपाली फिल्ममा प्रवेश गरेकी श्वेताले आधा दर्जनभन्दा बढी सिनेमामा अभिनय गरेकी छिन् । ‘कान्छी’ नामक सिनेमा निर्माण गरेकी श्वेता पनि हस्पिटालिटी बिजनेसमा संलग्न छिन् । उनले काठमाडौंमा कफी सप र होटल चलाउँदै आएकी छिन् ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया