सडकबाट उद्धार गरिएका १२१ जनालाई कोभिड खोप

विराटनगर – प्रदेश १ का विभिन्न स्थानबाट सडक उद्धार गरेर विराटनगरस्थित मानव सेवा आश्रममा राखिएका १ सय २१ जना आश्रितहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । सामाजिक विकासमन्त्री उषाकला राईले बिहीबार उनीहरूलाई खोप लगाउने कार्यको शुभारम्भ गरिन् । उद्धार गरिएका ५० पुरुष र ७१ जना सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई कोभिड १९ विरुद्ध जोन्सेन एण्ड जोन्सेन खोप लगाइएको हो ।
मानव सेवा आश्रम अन्तर्गतको विराटनगर महानगरपालिका–१० स्थित महिला ब्लकमा रहेकामा कुल ७८ जना आश्रित रहेका छन् । बालबालिका र गर्भवतीहरूबाहेक त्यहाँका ७१ जनालाई खोप लगाइएको जनाइएको छ । यस्तै विराटनगर–१ स्थित पुरुष ब्लकमा आश्रित रहेका ५२ मध्ये ५० जना गरी कुल १ सय २१ जनालाई खोप लगाएको मानव सेवा आश्रमकी मोरङ जिल्ला सहसंयोजक पार्वती तिवारीले बताइन् ।
सामाजिक विकासमन्त्री राईले मानव सेवा आश्रमसहित विभिन्न संरक्षण गृहमा रहेका सबैलाई कोभिड विरुद्धको खोप लगाइने बताइन् । उनले लक्षित समूहले खोप लगाई रहेको भए पनि संरक्षण गृहहरुमा संक्रमण फैलिएमा जोखिम बढ्नसक्ने भन्दै सरकारले प्राथमिकताका साथ खोप उपलब्ध गराएको उनले जानकारी दिइन् ।
विराटनगर–३ पोखरियास्थित मानव सेवा आश्रमकै अर्को पुरुष ब्लकमा रहेका ७७ जना पुरुष आश्रितलाई शुक्रबार खोप उपलब्ध गराइने जनाइएको छ ।
आश्रममा अहिले २ सय ७ जना आश्रित बस्दै आएका छन् । बिहीबार मानव सेवा आश्रमसहित प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, महिला पुनर्स्थापना केन्द्र, माइती नेपाल र एबीसी नेपालका संरक्षण गृहमा रहेका हिंसापीडित महिलाहरूलाईसमेत खोप लगाइएको हो ।

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

प्रतिक्रिया