ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

बैतडी : महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका-१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक दोगडाकेदार गाउँपालिका बैतडी न्वालीका २४ वर्षका शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ का २५ वर्षका धनबहादुर भण्डारी र शैल्यशिखर गाउँपालिका वडा नम्बर ९ नक्तडका १७ वर्षका चन्द्र बिष्ट रहेको जिल्ला प्रहरि कार्यालय दार्चुलाका प्रहरी प्रमुख पद बहादुर बिस्टले बताए ।
उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

महाकालीको माछा बेचेर जीविका चलाउँदै

प्रतिक्रिया