मौसम पूर्वानुमान: यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ - अहिले प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले दिउँसो देशका अधिकाँश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति देशका अधिकाँश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने हाशाखाको पूर्वानुमान छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोलेले नदीनाला र खहरे खोलामा आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया